प्रदेश १ काे बजेट सार्वजनिक (पूर्णपाठ)

budget Nepal
लाेकपाटी न्यूज

बिराटनगर, १ असार । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७६/०७७ काे बजेट पेश गरेका हुन्।

उनले चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात ४३.९ प्रतिशत, पुँजीगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात ५५‍.९ प्रतिशत बजेट सार्बजनिक गरेका हुन् ।

सरकारले वित्तीय व्यवस्था तर्फ ८ करोड अर्थात ०.२ प्रतिशत बजेट रहेको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेट आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड छ ।

चालु आर्थिक वर्षकालागि ३५ अर्ब २ करोडको बजेट सार्बजनिक गरेको प्रदेश सरकारले आगामी वर्षका लागि करिब ७ अर्ब वृद्धि करिब ४२ अर्बको बजेट सार्वजनिक गरेको हो । बजेटले कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्