डीएसपीको कुर्सीमा बस्ने म्यानपावर व्यवसायी जेल चलान

Arrest
लाेकपाटी न्यूज

बिर्तामोड, २ असार। ‘डीएसपी’को कुर्सीमा बसेर फोटो खिची सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने एक भारतीय नागरिक जेल चलान भएका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख ‘डीएसपी’को कुर्सीमा बसेको फोटो फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका हुन्।

भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोड नगरपालिका बस्दै आएका वर्ष २५ को हर्कराज भन्ने युसमान डाइनियल गुरुङलाई अदालतले आइतबार पुर्पक्षको लागि आदेश दिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार डीएसपीको कुर्सीमा बसेको तस्बिर फेसबुकमा पोष्ट गरेर सार्वजनिक भएपछि गुरुङमाथि साइबर क्राइम अन्तर्गत मुद्दा चलाइएको थियो।

डीएसपीको कुर्सीमा अर्कै मान्छे बसेको तस्बिरसहित समाचार सार्वजनिक भएपछि तत्कालिन इप्रका बिर्तामोडका प्रमुख डीएसपी सुवास खड्का विभागीय कारबाहीमा परेका छन्। गुरुङले सो क्षेत्रमा डीएसपी खड्का बस्ने कुर्सीमा बसेको फोटो खिची ‘म प्रहरीको मान्छे हुँ’ भन्दै धम्क्याउने आएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्