योजना आयोगका उपाध्यक्षबाट डा. श्रेष्ठले दिए राजीनामा

prakash-kumar-shrestha
लाेकपाटी न्यूज
0 Shares

बुटवल, २ असार। प्रदेश ५ योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। उपाध्यक्ष श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा पेस गरेका हुन्।

मुख्यमन्त्री शंकर पोखरेलको जोडबल र आग्रहमा नेपाल राष्ट्र बैङ्कको निर्देशकबाट काज मिलाएर प्रादेशिक योजना आयोगको उपाध्यक्षमा आएका श्रेष्ठ कार्यकारी निर्देशकमा पदोन्नति भएपछि पुनः राष्ट्र बैङ्क नै फर्केका हुन्। डा. श्रेष्ठलाई ०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो।

श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा प्रदेशको वस्तु विवरण स्थितिपत्र र आवधिक योजना बनाउने जस्तो महत्त्वपूर्ण काम गरे। डा. श्रेष्ठको आज औपचारिक बिदाई हुँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्