टी-२० विश्वकप एसिया फाइनल खेल्ने नेपाली प्रारम्भिक टोलीको घोषणा

Nepali Cricketer01
लाेकपाटी न्यूज

काठमाडौं, ३ असार । टी-२० विश्वकप छनोटको एसिया फाइनल खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ।
उमेश पटवाल राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएपछि कप्तान पारस खड्काको कप्तानीमा २५ सदस्यीय टोली घोषणा भएको हो।

टोलीमा खड्कासँगै ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, तलित नारायण राजवंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी छन्।

यस्तै जितेन्द्र मुखिया, सन्दीप जोरा, सुशन भारी, कुशल भुर्तेल, भीम सार्की, अविनास बोहोरा, अमित श्रेष्ठ, नन्दन यादव, पवन शर्राफ, राजु रिजाल, शाहब आलम पनि टोलीमा परेका छन्।

बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुनेछ। नेपाली टोली तयारीका क्रममा विदेश भ्रमणमा समेत जाने तयारी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्