गुठी विधेयक फिर्ता (विज्ञप्ति)

bhumi-bebasta-tatha-shakari-ministry-of-nepal
लाेकपाटी न्यूज

काठमाडौं, ३ असार। चाैतर्फी विराेध भएपछि सरकारले गुठी विधेयक स्थगित गर्ने तयारी गरेको छ। राष्ट्रियसभामा दर्ता भएका गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको चौतर्फी विरोध भएपछि विधेयक स्थगित गर्ने तयारी गरिएको हो।

भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको छ । सोही पत्रकार सम्मेलनमार्फत मन्त्री पद्मा अर्यालले यससम्बन्धी थप विवरण सार्वजनिक गर्ने तयारी भएको बुझिएको छ।

विधेयक खारेजीको माग गर्दै आएका गुठीयारले सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिमाथि प्रस्तावित विधेयकले हस्तक्षेप गरेको ठहर गरेका छन्।