माइतीघरमा गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन

Guthi-Bidheyak-Birodh-at-Maitighar
लाेकपाटी न्यूज

काठमाडौं, ४ असार । गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। राष्ट्रियसभामा प्रस्तुत विधेयकको चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री पद्या अर्यालले मंगलबार फिर्ता लिएको घोषणा गरेकी थिइन्। सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाउने उनको भनाइ थियो।

तर, गुठीविधयेकको विपक्षमा रहेकाहरुले सरकारले विधेयक फिर्ताको घोषणा गरे पनि आन्दोलन रोकेका छैनन्।गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण भएकाले खारेज हुनुपर्ने उनीहरुको माग छ। यही माग राखेर राजधानीको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको छ।

खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’,‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा र्‍याली निकालेका छन्। त्रिपुरेश्वर, थापाथली लगायतका क्षेत्रबार्ट याली निकालिएको हो र्। याली माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा मिसिएको छ ।

केहीबेरमा हुने सम्बोधनमा विभिन्न व्यक्तिहरुले सम्बोधन गर्ने बताइएको छ । गुठी विधेयक विरुद्धको प्रदर्शनपछि अहिले थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित बन्न पुगेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्