१८ वर्षदेखि पढाई छाडेका विद्यार्थीलाई त्रिविको विशेष मौका

TU
लाेकपाटी न्यूज

काठमाडौं, ४ असार । त्रिभुवन विश्वविद्यालयले १८ वर्षअघि पढाइ छोडेका विद्यार्थीलाई विशेष मौका भन्दै परीक्षामा सहभागी हुन अनुरोध गरेको छ।

त्रिविले विगतको प्रविणता प्रमाणपत्र तह (हालको कक्षा एघार र बाह्र), स्नातक र स्नातकोत्तर तहको केही विषयमा उत्तीर्ण भएपनि अन्य विषयमा अनुत्तीर्ण विद्यार्थीलाई यस्तो मौका दिन लागेको हो। त्रिवि प्राज्ञिक परिषदको जेठ ५ गते यो निर्णय गरेको भए पनि परीक्षा नियन्त्रण कार्यालयले भने भर्खरै सूचना जारी गरेको हो।

जसअनुसार परीक्षाको समय सीमा नाघेको तर, सम्पूर्ण सैद्धान्तिक विषय उत्तीर्ण गरी शोधपत्र, प्रयोगात्मक परीक्षा र शिक्षण अभ्यास बाँकी रहेका विद्यार्थी यो कार्यक्रममा सहभागी हुन पाउनेछन्। त्रिवि मुलुकको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय हो। तर, यहाँका धेरै विद्यार्थी परीक्षामा उत्तीर्ण हुन नसकेर बीचैमा पढाइ छोड्ने गरेका छन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्