गोकर्णमा बस पल्टिँदा एकको मृत्यु, १० घाइते

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ५ असार । काठमाडाैंकाे गाेकर्णमा बस पल्टिएकाे छ । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हनुेको सनाखत भने हुन सकेको छैन । प्रहरीका अनुसार दुर्घटनामा अन्य १० जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

बा १ ख ८७४४ नम्बरको बस गोकर्णस्थित रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना भएलगत्तै बसका चालक फरार रहेकाले खोजी कार्य भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्