चितवन, ६ असार । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ। नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुनेछ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ।
जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्छ। यसपालि आजको दिन लामो हुने भएको हो। भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ।