नेपालीलाई भारत प्रवेशमा कडाइ, भिसा अनिवार्य चाहिने

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ७ असार । भारत जाने नेपालीका लागि भारत सरकारले कडाइ गरेको छ । चीन, मकाउ, हङकङ र पाकिस्तानलगायतका देशबाट भारत जाने नेपालीलाई कडाइ गर्दै भारतले भिसा अनिवार्य गरेको हो ।

दिल्लीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै भारत सरकारको निर्णय अनुसार काम गर्न सूचित गराएको छ । दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीका लागि भारतको भिसा आवश्‍यक पर्ने जानकारी प्राप्त भएकोले सोही बमोजिम गर्न हुन जानकारी गराइन्छ ।’

यस्तै, भारत हुँदै तेस्रो मुलुक जाने नेपालीले दिल्लीस्थित नेपाली राजदूतावासको नो अब्जेक्सन लेटर अनिवार्य लिनुपर्ने छ । दूतावासका अनुसार तेस्रो मुलुक जाने नेपालीले नो अब्जेक्सन लेटर लिनुपर्ने र त्यसका लागि आवश्यक प्रक्रियासमेत पूरा गर्नुपर्ने छ ।

साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान परेमा नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था लागू भएको हो ।

दूतावासबाट जारी सूचना :

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्