डाक्टरकाे गाडीले ठक्कर दिँदा तीन वर्षे बालककाे मृत्यु

Accidents
लाेकपाटी न्यूज
0 Shares

पाेखरा, ७ असार । पोखरामा शनिबार बिहान गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ।

मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग ३ च ४३६ नं को गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका–२८ माझठाना निवासी रामकृष्ण कँडेलका तीन वर्षका छोरा संस्कारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

बिहान करिब साढे ८ बजे बुबाआमासँगै मोटरसाइकलमा आएका उनलाई अस्पतालको पार्किङमा गाडीले ठक्कर दिएको थियो। त्यसलगत्तै बालकलाई अस्पताल लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनालगत्तै चिकित्सक र उनको गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्