बाघको आक्रमणबाट घाइते सुवेदीको मृत्यु

bagha pic
लाेकपाटी न्यूज
0 Shares

चितवन, ७ असार । बाघको आक्रमणमा परी घाइते भएका चितवन माडी कल्याणपुरका ६७ वर्षीय गंगाधर सुवेदीको उपचारको क्रममा निधन भएको छ।

भरतपुर अस्पतालमा उपचार गराइरहेका सुवेदीको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय माडीले जानकारी दिएको छ। गत असार ३ गते माडीको सिमरा गाउँ नजिकै काँस घारीमा गाईवस्तु चराउँदै गरेको अवस्थामा सुवेदीलाई बाघले आक्रमण गरेको थियो।

माडी नगरपालिका ६ कल्याणपुर तमुचोक निवासी सुवेदीको टाउकोको सफल शल्यक्रिया गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्