माडीको रिउ खोलामा पानीको बहाब उच्च

madi
लाेकपाटी न्यूज

चितवन, ७ असार । माडीको रिउ खोलामा पानीको बहाब निरन्तर बढिरहेको छ । बनकट्टास्थित रिउ पुलमुनी पानीको सतह १.८३ मिटर पुगिसकेको छ ।

२.४ मिटरभन्दा अधिक पानीको प्रवाहलाई चेतावनी र २.८ मिटरभन्दा माथिको पानीलाई खतराको तह निर्धारण गरिएको छ। सामान्यतया बनकट्टास्थित रीउ पुलमुनी ०.५ देखि ०.७ मिटरसम्म पानीको बहाव रहने गरेकोमा शुक्रबार रातीदेखि भइरहेको अविरल वर्षाको कारण पानीको तह बढ्दै गएको हो।

गएको २४ घण्टामा माडीको बनकट्टास्थित वर्षामापक स्टेशनमा १७०.६ मिलिमिटर बर्षा भएको छ। जारी २४ घण्टे अवधीका लागि यो नेपालकै सर्बा्धिक वर्षा भएको रेकर्ड हो। दोश्रो धेरै बर्षा भने आँधिखोला (बोर्लाङपुल) क्षेत्रमा १००.४ मिलिमिटर रेकर्ड भएको छ। ठोरीमा ८० मिलिमिटर वर्षा भएको छ र मध्य नेपाल क्षेत्रमा वर्षा हुने क्रम निरन्तर जारी रहेको छ।

जलवायु विभागका अनुसार माडी क्षेत्रमा २४ घण्टाभित्र १४० मिलिमिटर र सोभन्दा धेरै वर्षा भए जोखिम उच्च रहन्छ। त्यसैले विभागले माडीमा साबधान रहन आग्रहसमेत गरेको छ। यसैगरी खोला छेउका सर्वसाधारणलाई सचेत रहन माडी नगरपालिकाले समेत आग्रह गरेको छ। सम्भावित क्षती न्यूनिकरणका लागि बाढीविपद् उद्धार टोली तयारी अवस्थामा रहेको नगरपालिकाको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्