पर्वतको महाशिलाको पर्यटकीय विकासको लागि डिपिआर तयार

mahasilla pic
लाेकपाटी न्यूज

पर्वत, ८ असार । नेपालका उत्कृष्ट एक सय पर्यटकीय गन्तव्यभित्र परेको महाशिलाको पर्यटकीय विकासको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ।

पर्वतको महाशिला गाउँपालिकामा रहेको एशियाकै ठूलो शिला भनी दाबी गरिएको महाशिलालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथ डिपिआर तयार पारिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिए।

विशेषतः प्राकृतिक उपचार योग साधनसहित दुनियाँको शान्ति प्राप्तिको गन्तव्यस्थल निर्माणका लागि शिलामा १०८ फिट अग्लो हुने गरी भगवान शिवको मूर्ति निर्माण गर्ने योजना अगाडि सारिएको छ।

यस्तै, शिलाको बीच भागमा सिसाको पुल निर्माण गर्ने, शिलाको शिर भागमा त्रिकोणात्मक सिसाको पुल निर्माण गर्ने, आश्रमस्थल निर्माण गर्ने, उद्यान बनाउने, योगकक्ष निर्माण गर्ने तथा ढुङ्गाको बगैँचा निर्माण गर्ने काम डिपिआरमा समावेश गरिएका उचैले बताए।पर्यटन पर्वतवासीको आर्थिक समृद्धिका लागि यो योजना निकै महत्वपूर्ण हुन सक्ने अपेक्षा गरिएको गाउँपालिकाका प्रमूख राजु पौडेलले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्