सरकार फेर्न चाहनेहरु अस्थिरता चाहन्छन् : उपप्रधानमन्त्री

Iswor pokharel
लाेकपाटी न्यूज

काठमाडौं, ९ असार । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार नै ५ वर्षसम्म चल्ने दाबी गरेका छन्।

सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको पाँचौं नगरसभाको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले केपी शर्मा ओली नेतृत्वको सरकार नै ५ वर्षसम्म चल्ने बताए।सरकार परिवर्तन हुने कुरा अस्थिरता सिर्जना गर्न फैलाएको मात्र बताए।

उनले भने “यो सरकार विधिसम्वत ढङ्गले बनेको छ, सरकार ढल्छ भन्ने हल्ला अस्थिरता सिर्जना गर्न फैलाइएको हो”। केही समय अगाडी पार्टीका अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमति भएको र केपी ओलीले पद नछाडे चीज अर्कै हुने बताएपछि सरकार परिवर्तनको कुरा चर्चामा आएको हो ।

वर्तमान सरकार नै ५ वर्षसम्म टिक्ने कुरामा शंका नगर्न भन्दै उनले यो पार्टी र त्यो पार्टी नभनी सबै एक जुट भई जानु पर्ने बताए। उनले निर्वाचनमा पराजित भएकालाई पनि समेटेर अगाडी बढ्नु पर्ने बताए।

उनले सुखी नेपाली सम्वृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्न कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासमा केन्द्रित भएर सरकारले काम गरिरहेको जानकारी दिए।