विप्लव नेकपाका ब्यूरो सदस्य कार्की पक्राउ

Nara-bahadur-Karki
लाेकपाटी न्यूज

काठमाडौं, ९ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ब्यूरो सदस्य नरबहादुर कार्की पक्राउ परेका छन् । कार्कीलाई प्रहरीले सोमबार साँझ गिरफ्तार गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीका युवा नेता समेत रहेका सामाजिक अभियन्ता एबम अन्तर्राष्ट्रियस्तरका मोटिभेटर कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले राजधानीको बालुवाटारस्थित नेपाल हाउसबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘मोटिभेसनल स्पिकर’का रुपमा स्थापित कार्की पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका थिए । उनि रेखा थापाले अभिनय गरेको फिल्म मालिकाका निर्माता समेत हुन् ।

पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको बताइएको छ । सत्तारुढ दल नेकपामा रहेका कार्की गत मंसिर ८ गते विप्लव नेतृत्वको नेकपा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्