अमेरिकाले लगायो इरानमा नयाँ प्रतिबन्ध

Donald Trump
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १० असार । अमेरिकाले इरानमा नयाँ प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन्।

प्रतिबन्धको निशानामा इरानका प्रमूख नेता आयातुल्लाह अलि खमेनीलाई पनि पारिएको बीबीसीले जनाएको छ।ट्रम्पले भनेका छन् नयाँ प्रतिबन्ध अमेरिकी ड्रोनमा आक्रमण गरेका लगायतका कारण लगाइएको हो। नयाँ प्रतिबन्धको आदेश जारी गरेपछि ट्रम्पले ह्वाइटहाउसमा भने, ‘इरानका सर्वोच्च नेता नै उनको सरकारबाट भएका सबै कामको जिम्मेवार छन्।

उनलाई उनको देशमा धेरै सम्मान दिइन्छ। उनीअन्तर्गत सबैभन्दा खतरनाक चिजहरु हुन्छन्, जसमा इस्लामिक रिभोलुस्नरी गार्डस्का सेना पनि छ। यी प्रतिबन्धपछि इरानका सर्वोच्च नेता र उनीसँग सम्बन्धित व्यक्तिहरु सबै प्रकारको वित्तीय सहयोगबाट बन्चित हुनेछन्।

यसैबीच इरानले अमेरिकाले लगाएको प्रतिबन्धलाई युद्धलाई निम्तो दिने अर्को एक कदम भनेर टिप्पणी गरेको छ। इरानका विदेशमन्त्री जावेद जरीफले ट्वीट गरेर प्रतिबन्धलाई अमेरिकाको घृणित कूटनीति भनेका छन्। उनले लेखेका छन्- ट्रम्प प्रशासन युद्धको प्यासी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्