प्रहरी भ्यान दुर्घटना : दुईको मृत्यु

rahutahat
लाेकपाटी न्यूज

रौतहट, १० असार । रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्।
गुड्दै गरेको अगाडीको चक्का भाँच्चिएर दुर्घटना भएको जनाइएको छ।

थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना १ झ ५३८९ नम्बरको भ्यान मंगलबार चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा २ जना थुनुवाको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा रौतहट चन्द्रपुर नगरपालिका १ का निर्मल साह र सुनसरी इनरुवा नगरपालिका ९ का रमेशकुमार चौधरी रहेका छन्।

साह लागू औषध मुद्धामा सजाय भोगिरहेका थिए भने चौधरी सवारी दुर्घटनाको ज्यानमुद्धामा सजाय भोगिरहेका थुनुवा थिए। गम्भीर घाइते भएका चौधरी र साहलाई उपचारका क्रममा वीरगञ्ज पठाउँदै गर्दा मृत्यु भएको हो। यस्तै सामान्य घाइते भएका ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्