रौतहटमा प्रहरीविरुद्ध प्रदर्शन

pradasan
लाेकपाटी न्यूज

रौतहट, ११ असार । रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

प्रहरीको लापरवाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि प्रदर्शन गरेका हुन्। मंगलबार चन्द्रपुर सडकखण्डको बालचनपुर नजिक भएको प्रहरी भ्यान दुर्घटनामा थुनुवाहरु चन्द्रपुरका २० वर्षका निर्मल साह र सुनसरी इनर्वा १ का रमेश कुमार चौधरीको मृत्यु भएको थियो।

लागूऔषध मुद्दाका आरोपी साह र सवारी ज्यान मुद्दाका चौधरीलाई म्याद थपका लागि जिल्ला अदालत लैजाने क्रममा उनीहरु चढेको गाडी दुर्घटना भएको थियो। जिल्ला वन कार्यालयले वन मुद्दामा बरामद गरेको भारतीय गाडी प्रहरीले प्रयोग गर्दै आएको थियो। उक्त गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा प्रहरी पनि घाइते भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्