कानूनले ठूलाे-सानाे चिन्दैन, सबै नागरिक समान छन् : आइजिपी खनाल

IGP-sarbendra-khanal
रासस न्यूज
0 Shares

काठमाडौं, १२ असार । काठमाडौं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानून र कानून कार्यान्वयनको क्रममा प्रहरीको हेराइमा सबै नागरिक समान रहेको बताएका छन्।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार प्रहरी प्रधान कार्यालयमा भएको ‘प्रहरीसँग एक दिन’ कार्यक्रममा उनले कानूनको नजरमा सबै नागरिक बराबर भएको बताएका हुन्।

महानिरीक्षक खनालले शिक्षाको गुणस्तर राम्रो बनाउन र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी, विद्यालय र समाज एकसाथ मिलेर अगाडि बढ्नुपर्ने बताए।

उनले भूकम्प, प्राकृतिक प्रकोप, सडक सुरक्षालगायतका सुरक्षामा स्कुललेसमेत सामान्य नियम बनाइ लागू गर्नुपर्ने बताए। प्रहरी सबै नागरिकको साझा सङ्गठन हो भन्ने भावना जागृत हुनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्