बालुवाटार जग्गा प्रकरण : बयानकाे लागि अख्तियारले बाेलायाे थप ३ जनालाई, काे–काे परे ?

Akhtiyar
लाेकपाटी न्यूज

काठमाडौं, १२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा थप ३ जनालाई बयानका लागि बोलाएको छ ।

बुधबार अख्तियारले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन भन्दै ८६ जनालाई बयानको लागि बोलाएको थियो ।

फेरि थप तीन जनालाई पनि बयानकाे लागि अख्तियारले बाेलदाएकाे छ । अख्तियारले हुपेन्द्रमणी केसी, राम कुमार सुवेदी र शोभाकान्त ढकाललाई ७ दिनभित्र सम्पर्कमा आउन भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा यी तीनै जनाको नाम थिएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल, केसी र सुवेदी अख्तियारको सम्पर्कमा रहिरहेकाले उनीहरुको नाम सूचीमा नराखिएको भन्दै उनीहरुलाई फोनमार्फत बोलाएर बयान लिइने बताएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्