काठमाडौं, १३ असार । अनेरास्ववियूले ५० लाख बिरुवा रोप्ने घोषणा गरेको छ। सत्तारूढ नेकपा निकट अनेरास्ववियूले ५० लाख बिरुवा रोप्ने घोषणा गरेको हो।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले अनेरास्ववियूले ४० हजार स्वयंसेवक परिचालन गरेर भदौ मसान्तसम्म ५० लाख रुख विरुवा रोप्ने घोषणा गरेका हुन्। अनेरास्ववियूले ‘ग्रिन नेपाल, क्लिन नेपाल’ अभियान सञ्चालन गरेर वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
कार्यक्रममा असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस घोषणा गरेर सरकारले सञ्चालन गरेको वृक्षारोपण कार्यक्रममा अनेरास्ववियूले सक्रिय रुपमा सहयोग गर्ने सह-संयोजक तामाङले बताए।
अनेरास्ववियूले शनिबार विहान उपत्यकामा कोटेश्वर- कलङ्की खण्डको सडकमा र देशभरका क्याम्पस, नजिकका विद्यालय र अन्य तोकिएका ठाउँमा राष्ट्रिय उत्सवको रुपमा वृक्षरोपण गर्ने कार्यक्रम तय गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए।
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34