प्रहरी चाैकीमा आक्रमण : ८ प्रहरीकाे मृत्यु, १६ घाइते

taliban
लाेकपाटी न्यूज

एजेन्सी/काठमाडाैं, १३ असार । प्रहरी चाैकीमा आक्रमण हुँदा ८ जना प्रहरीकाे मृत्यु भएकाे छ भने अन्य १६ जना घाइते भएका छन् ।

अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरी चौकीहरुमा तालिवान लडाकू समूहले गरेको आक्रमणमा परी ८ प्रहरीकाे मृत्यु तथा १६ जना घाइते भएकाे प्रान्तीय गभर्नर आह्ला रहमानले उक्त जानकारी दिएका छन् ।

शुक्रबार बिहान सबेरै कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा भएको आक्रमणमा परी आठ प्रहरीको मृत्यु हुनको साथै अन्य १६ जना घाइते भएकाे सरकारी स्रोतले जानकारी दिएको छ । तालिबान लडाकू समूहले गरेको आक्रमणपछि सुरक्षा अधिकारी र तालिबानबीच भएको दोहोरो भिडन्तमा तालिबानतर्फ पनि हताहत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

तर यति नै सङ्ख्यामा आतङ्ककारीतर्फ हताहत भएको भन्ने बारे प्रष्ट भएको छैन् । अफगानिस्तानमा सरकारसँग युद्धरत तालिबान लडाकू समूहले यस आक्रमण र झडपका विषयमा कुनै टिप्पणी गरेका छैनन् । –सिन्ह्वा

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्