‘ज्येष्ठ नागरिकलाई स्वेच्छिक मरण गर्ने अधिकार दिइयोस्’ : पत्रकार रिसाल

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १३ असार । वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरण’ गर्न पाउने कानूनी व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

धेरै विद्वान छोराछोरीका आमाबुबाले पनि कठिनका साथ जिउनु परेकाले उनीहरुले चाहेमा स्वेच्छिक मरण गर्न पाउने कानूनी व्यवस्था हुनुपर्ने रिसालले बताए । उनले भने, ‘सुन्दा नमिठो लागेपनि ज्येष्ठ नागरिकहरुले स्वेच्छिक मरण गर्न चाहेको देखिएको छ,’ रिसालले भने, ‘सरकारले यससम्बन्धी कानूनी व्यवस्था गर्न गम्भिर भइदिनु पर्‍यो ।’

विश्वका कतिपय मुलुकमा ज्येष्ठ नागरिकहरुले चाहेमा स्वेच्छिक मरण गर्न पाउने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै रिसालले यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शुक्रबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धि विधेयकमाथि सरोकारवालाहरुसँगको छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ सासु–ससुरालाई स्याहार गर्ने बुहारी मध्येबाट उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए ।

बैठकमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरमानै पालनपोषण गर्ने बाध्यकारी कानूनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । उनले ज्येष्ठ नागरिकको पालनपोषणका लागि नैतिक शिक्षाको उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

संसदमा छलफलका क्रममा रहेको विधेयकमा ज्येष्ठ नागरिकलाई पालनपोषण नगर्ने छोराछोरीलाई ३ लाख जरिवाना र ५ वर्षसम्म जेल सजाय दिने प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्