इथियोपियामा सत्ता ‘कु’ को खतरा, २ सय ५० बढी सुरक्षाकर्मी गिरफ्तार

ethiopia
लाेकपाटी न्यूज

काठमाडौं, १४ असार । इथियोपियामा सुरक्षाकर्मीहरुले २ सय ५० जनाभन्दा बढीलाई गिरफ्तार गरेका छन्। सत्ता कू को खतरा बढेको आशंका बढिरहेका बेला इथियोपियामा सुरक्षाकर्मीले गिरफ्तार गरेका हुन् ।

उच्च तहका पाँच सुरक्षा अधिकारीको हत्या भएपछि ‘कु’को खतरा रहेको आशंकाकाबीच उनीहरुलाई गिरफ्तातार गरिएको हो। राजधानी अदिस अबाबा र उत्तरी सहर अम्हारामा अहिले उच्च सुरक्षा सतर्कताको व्यवस्था गरिएको सरकारी अधिकारीहरुले बताएका छन्।

गत हप्ताको अन्त्यमा सेना प्रमूख, एक जना अवकास प्राप्त जनरल र अर्का तीन जना वरिष्ठ क्षेत्रीय उच्च अधिकारीहरुको हत्या भएपछि सुरक्षा सतर्कता बढाइएको हो। विद्रोही सुरक्षाकर्मीहरुको तर्फबाट मुलुकलाई खतरा रहेको भन्दै सुरक्षा अधिकारीहरुले सरकारी पक्ष पूर्ण तयारी र सतर्क अवस्थामा रहेको जनाएका छन्।

सुरक्षा तथा न्यायिक कार्यदलले अम्हारा क्षेत्रबाट मात्रै २१२ जनालाई गिरफ्तार गरेको जनाएको छ भने अदिस अबाबाबाट ४३ जनालाई गिरफ्तार गरिएको बताइएको छ। सुरक्षाकर्मीहरुले दुई ठूला मेसिनगन र २७ स्वचालित राईफल पनि बरामद गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। (एजेन्सी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्