आयोगको तयारीमा हुनुहुन्छ ? यी हुन् सम्भावित २९ वस्तुगत प्रश्न (उत्तरसहित)

student writing loksewa
लाेकपाटी न्यूज

काठमाडाैं। के तपाईं आयोगको तयारी गर्दै हुनुहुन्छ ? यदि तयारीमा हुनुहुन्छ भने के कस्तो प्रश्न आउँछ भन्ने कुराले डरमा हुनुन्छ होला । आयोगका परीक्षाका लागि महत्वपूर्ण यी २९ वस्तुगत प्रश्नोत्तरहरुको अध्ययन गर्नुहोस् । तपाईंलदाई परीक्षामा सफल बनाउन यसले केही सहयोग पक्का गर्नेछ।

वस्तुगत प्रश्न र उत्तर 

१. वन तथा वातावरण मन्त्रालयमातहतका दी टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभिई बनेको संस्था कुन हो ?
– नेपाल वन निगम लिमिटेड ।

२. फोब्र्सद्वारा सन् २०१९ जुनमा सार्वजनिक सर्वाधिक कमाइ गर्ने विश्वका एक सय खेलाडीको सूचीमा पहिलो १० स्थानमा पर्न सफल खेलाडी को–को हुन् ?
– लियोनल मेसी (अर्जेन्टिना, बार्सिलोना), क्रिस्टियानो रोनाल्डो (पोर्चुगल, युभेन्ट्स), नेयमार (ब्राजिल, पीएसजी), क्यानेलो अल्भारेस (बक्सर, मेक्सिको), रोजर फेडेरर (टेनिस, स्वीट्जरल्यान्ड), रसेल विल्सन (फुटबल, अमेरिका), आरोन डोडगर्स (फुटबल, अमेरिका), लेब्रोन जेम्स (बास्केटबल, अमेरिका), स्टेफेन करी (बास्केटबल, अमेरिका) र केभिन डुरान्ट (बास्केटबल, अमेरिका) ।

३. सातवटै प्रदेशद्वारा आ.व. २०७६/७७ का लागि आ–आफ्नो प्रदेशसभामा वार्षिक बजेट कहिले पेस गरियो ?
– विसंं २०७६ असार १ ।

४. अव्यवस्थित पार्किङको समस्या समाधान गर्ने उद्देश्यसाथ काठमाडौँ महानगरपालिकाले प्रविधिमा आधारित स्मार्ट पार्किङ सेवाको सुरुवात कहिलेदेखि गरेको हो ?
– विसं २०७६ असार १ ।

५. मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई के भनिन्छ ?
– जेरेन्टोलोजी ।

६. मञ्जुश्रीको ३३ फिट अग्लो प्रस्तर मूर्ति कहाँ निर्माण गरिएको छ ?
– चोभार, काठमाडौँ ।

७. अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा सहायता प्रदान गर्नेसम्बन्धमा कति बुँदे आधारभूत मार्गदर्शन जारी गरेका छन् ?
– १५ बुँदे ।

८. नेपालमा इन्टरनेट सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
– सन् १९९४ ।

९. वि.संं २०७६ वैशाखमा सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानको नारा के हो ?
– हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऔँ ।

१०. भारतले अमेरिकी सामानमा अतिरिक्त कर कहिलेदेखि लगाउन सुरु गरेको हो ?
– सन् २०१९ जुन १६ ।

११. ऐतिहासिक एवम् धार्मिक महत्वको रमणीयस्थल नरसिंहकोट कहाँ छ ?
– बागलुङ ।

१२. नेपालको कुन ठाउँमा खस सङ्ग्रहालय निर्माण गर्न थालिएको छ ?
– सिञ्जा (जुम्ला) ।

१३. टी टेस्टिङ तथा अनुसन्धान केन्द्र कहाँ निर्माण गरिने भएको छ ?
– कन्याम ९इलाम० ।

१४. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधानसभा २०६४ र २०७० का सदस्यहरूलाई संविधानसभा पदक कहिले प्रदान गरिएको हो ?
– विसंं २०७६ जेठ १६ ।

१५. वि.संं २०७६ मा प्रदान गरिएको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?
– उमेशकुमार ओझा (सम्पादक, युवामञ्च) ।

१६. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सूचना प्रविधिको खतरालाई लिएर सङ्कटकाल घोषणा कहिले गरिएको हो ?
– सन् २०१९ मे १६ ।

१७. जापानका नयाँ सम्राट नारुहितोद्वारा औपचारिक रूपमा राज्यारोहण कहिले भएको हो ?
– सन् २०१९ मे १ ।

१८. नेपालमा पहिलोपटक स्वास्थ्य अधिकार वर्ष पुस्तक कहिले प्रकाशन गरिएको हो ?
– विसंं २०७६ असार ६ ।

२९. स्टाफेफेक्ट भनेको के हो ?
– एन्टिबायोटिकको विकल्पका रूपमा वैज्ञानिकहरूद्वारा विकास गरिएको नयाँ औषधी ।

२०. नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठकद्वारा भारतको भूमि हुँदै बङ्गलादेशसम्म डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन बनाउने सहमति कहिले भएको हो ?
– सन् २०१९ जुन २१ ।

२१. पहिलो विश्वकप फुटबल प्रतियोगिता कुन देशमा भएको थियो ?
– उरुग्वे ।

२२. बेस्ट पर्सनालिटी अफ द इयर अवार्ड २०७५ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
– कुलमान घिसिङ ।

२३. मिस्टिका नामक पुस्तकका लेखक कुमार नगरकोटी हुन् भने एकलव्य दृष्टिका लेखक को हुन् ?
– डा. रवीन्द्र समीर ।

२४. नेपाल प्रहरीमा एआईजी नियुक्त हुन सफल पहिलो महिला को हुन् ?
– डा. दुर्गा थापा (वि.संं २०७५ कात्तिक) ।

२५. EPG (इपीजी) को पूरा रूप के हो ?
– इमिनेन्ट पर्सन ग्रुप ।

२६. अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन–२०७५ कहिलेदेखि लागू भएको हो ?
– विसंं २०७५ असोज २ ।

२७. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ अनुसार आधारभूत शिक्षा भन्नाले के बुझिन्छ ?
– कक्षा एकदेखि कक्षा आठसम्मको विद्यालय शिक्षा ।

२८. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ अनुसार माध्यमिक शिक्षा भन्नाले के बुझिन्छ ?
– कक्षा ९ देखि कक्षा १२ सम्म वा सोसरहको शिक्षा ।

३९. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान कति हुने अनुमान छ ?
– ७ दशमलव ०६ प्रतिशत (आव २०७५/७६ मा यस क्षेत्रको वृद्धिदर ५ दशमलव ७ प्रतिशत रहने अनुमान)                                                                                                                   – गाेरखापत्रबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्