बारकाे नयाँ नेतृत्वका लागि मतदान सुरु

ktm district court
रासस न्यूज
0 Shares

काठमाडाैं, १४ असार । काठमाडौँ अदालत जिल्ला बार एकाइको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ ।

नयाँ नेतृत्वका लागि शनिबार बिहान ८ बजेदेखि शुरु भएको मतदान ४ बजे सम्पन्न हुने काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए।

निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा जगदीश घिमिरे र प्रगतिशील समूहबाट कुमार आचार्यको समूहबीच प्रतिस्पर्धा हुँदैछ।

दुई हजार ६०८ मतदाता रहेको सो बार एकाइमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, महिला सदस्य (दुई) तथा खुला सदस्य १२ जना गरी १९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्