विश्वकप क्रिकेट : भारत र इंग्ल्याण्ड भिड्दै

world cup
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं,१५ असार । विश्वकप क्रिकेटमा आज आइतबार भारत र इंग्ल्याण्ड भिड्ने छन्। ६ खेलबाट ११ अंक जोडेको भारत तालिकाको दोस्रो स्थानमा रहेको छ भने ७ खेलबाट ८ अंक जोडेको इंग्ल्याण्ड पाँचौ स्थानमा छ।

इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा शनिबार राती अष्ट्रेलिया र पाकिस्तान विजयी भएका छन्। अंक तालिकाको शिर्ष स्थानमा रहेको अष्ट्रेलियाले लर्ड्समा भएको खेलमा न्युजिल्याण्डलाई ८६ रनले हरायो।
खेलमा अष्ट्रेलियाले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४३ ओभर ४ बलमा १ सय ५७ रनमै समेटियो। न्युजिल्याण्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४३ रन बनाएको थियो।
उसका लागि उस्मान ख्वाजाले ८८ रन तथा अलेक्स केरीले ७१ रन जोडे। न्युजिल्याण्डका ट्रेन्ट बोल्टले अन्तिम ओभरमा ह्याट्रिकसहित कुल ४ विकेट लिए। यो जितसंगै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ। यसअघि नै सेमिफाइनल पुगिसकेको अष्ट्रेलियाले ८ खेलबाट १४ अंक जोडेको छ।

उता अफ्गानिस्तनलाई हराउँदै पाकिस्तान विश्वकप क्रिकेटको शिर्ष चारमा उक्लिएको छ। इंग्ल्याण्डको लिड्समा भएको खेलमा पाकिस्तानले छिमेकी प्रतिद्वन्दी अफगानिस्तानलाई ३ विकेटले हराएको हो। अफगानिस्तानले दिएको २ सय २८ रनको मध्यम लक्ष्य पाकिस्तानले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा र्गयो। जितसँगै पाकिस्तानले ८ खेलबाट ९ अंक जोडेको छ। अब पाकिस्तानले समूहको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्