अमेरिका – चीनको व्यापार युद्धले विश्राम लिने संकेत , हुवावेमाथिको प्रतिबन्ध हट्ने

usa n china pic
लाेकपाटी न्यूज

एजेन्सी । अमेरिका र चीनबीचको लामोसमय देखि चल्दै आएको व्यापार युद्धले विश्राम पाउँन सक्ने अनुमान गरिएको छ।

एक अर्काको सामानमाथि चर्को कर लादेर सुरु भएको व्यापार युद्धले एक अर्कामाथि जासुसी गरेको आरोपसमेत लगाए। बिषेश गरी यस व्यापार युद्धमा अमेरिकाले चीनमाथि आरोप माथि आरोप लगाएको थियो । हरेक देशलाई झुकाउँनै पर्ने रणनीति लिँदै आएको अमेरिकासंग चीन भने व्यापार युद्धमा पनि झुकेन।

राष्ट्रपति शी जिनपिंगले अमेरिकासंग भएका अघिल्ला वार्ताहरुमा आफना अधिकारीहरुलाई कुनै पनि हालतमा नझुक्न उर्दी जारी गर्दै आएका थिए तर यी दुई देशबीचको व्यापार युद्धमा अन्य देशहरुलाई भने निकै समस्या परेको थियो ।यी दुई शक्तिशाली देशहरुको व्यापार युद्धको कारण पनि सुनको मुल्य बढेको हो भने अन्य विविध कारणले पनि विश्वमा महंगी बढिरहेको छ । यसबीच अब भने यी दुई देशबीचको व्यापार युद्धले विश्रृाम पाउँने आसा पलाएको छ ।

पानको ओसाकामा जी–२० शिखर सम्मेलनमा भाग लिन पुगेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चीनका राष्ट्रपति शी जिनपिंगबीच भएको भेटवार्तामा दुबै देशलाई लिएर फरक अनि नयाँ ढंगले वार्ता गर्ने सहमति बनेको हो । उनीहरुबीच भएको भेटले अमेरिका र चीन व्यापार वार्ता पुनः सुरु गर्ने कुरामा सहमत भएका छन् ।

सोही भेटपछि ट्रम्पले अमेरिकी अमेरिकी कम्पनीलाई चीनको सबैभन्दा ठुलो टेक कम्पनीमध्ये एक हुवावेको बिक्री जारी राख्ने अनुमति दिने घोषणा घोषणा गरेका छन् ।उनको यस घोषणालाई ठुलो छुटको रुपमा लिईएको छ । व्यापार युद्धकै कारण अमेरिकाले चीनलाई अतिरिक्त व्यापारिक प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो ।

अमेरिकी वाणिज्य विभागले पछिल्लो महिनामात्र हुवावेमाथि प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध र चेतावनीपछि ट्रम्पले हुवावेलाई लिएर घोषणाले अब यी दुई देशबीचको असमझादारी हटेर विश्वले पनि राहत पाउँने आसा गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्