धादिङमा भयानक सवारी दुर्घटना : दुईको मृत्यु, ३० बढी घाइते

Accidents
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ असार । धादिङको कृष्णभीरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। कृष्णभीरमा तीनवटा सवारी साधन एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा धादिङका श्यामकुमार श्रेष्ठ र अर्का पहिचान खुल्न नसकेकी महिला रहेकी छिन्।काठमाडौंबाट नारायणघाट जाँदै गरेको लु १ ख ९०७९ नम्बरको गाडीसँग नारायणघाटबाट काठमाडौँ आउँदै गरेको बा २ ख ४५६७ र बा ३ ख १००४ नम्बरको माइक्रो एकआपसमा ठोक्किएको थियो।

दुर्घटनामा ३० भन्दा बढि घाइते भएका छन्। घाइतेमध्य केहीको स्थानीय अस्पतालमा उपचार भईरहेको छ भने केहीको उपचारको लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्