मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

KP Sharma Oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २० भदौ। प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार)स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री ओली मृगौलाको थप उपचारका लागि भदौ ५ गते सिङ्गापुर गएका थिए ।

‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि शुक्रबार मध्याह्न स्वदेश फर्किने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्