चितवनमा डेंगु रोगको संक्रमणबाट दुईको मृत्यु, ८ सय ३५ जना संक्रमित

  • 1
    Share
0

चितवन, २० भदौं। चितवनका अस्पतालमा साउन यता ८ सय ३५ जना डेंगुका संक्रमितलाई उपचार गरिएको छ। यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

नवलपुर जिल्ला स्थायी घर भई नारायणगढ बस्ने एक वृद्ध र शुक्रनगर घर भएकी किशोरीको डेंकोका कारण मृत्यु भएको छ। कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार दुई हजार ४२६ जनाको रगतको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रिमित भेटिएका हुन्। यो संख्या हालसम्मकै उच्च हो ।

कार्यालयले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६७\०६८ मा तीन हजार २९८ जनाको डेङ्गु परीक्षण गरिएकोमा ७३९ जनामा सङ्क्रमण देखिएको थियो। त्यस आर्थिक वर्षमा पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७०\०७१ मा ३७१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो। दुई हजार २६१ जनाको परीक्षण गरिएकोमा सो सङ्ख्यामा डेङ्गु देखिएको होे ।

यस्तै आर्थिक वर्ष २०७३\०७४ मा दुई हजार ५६२ जनामा परीक्षण गर्दा ६८७ जनामा डेङ्गु फेला परेको थियो। सो आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो। त्यसैगरी जिल्लामा आर्थिक वर्ष २०७१\०७२ मा ११९, ०७२\०७३ मा ८५, ०६८\०६९ मा ६८, ०७४र०७५ मा ५९ जनामा डेंगु सक्रमण देखिएको थियो ।

आर्थिक वर्ष २०६९\०७० मा ५२ जनामा डेंगु देखिएको थियो भने गत आर्थिक वर्षमा एक हजार ९५१ जनाको डेङ्गु परीक्षणमा ३१ जनामा देखिएको थियो। हरेक तीनरतीन वर्षमा संक्रमण बढेको देखिन्छ। केसीका अनुसार यस वर्ष संख्या अत्यधिक बढेर गएको छ । जिल्लाका अधिकांश अस्पताल डेंगुका बिरामीले भरिएका छन्।

Comments
Loading...
You might also like