Spread the love
  • 37
  •  
  •  
  •  
  •  
    37
    Shares

च्याम्पियन्स लिगमा बार्सिलोना बराबरीमा रोकियो

0

काठमाडौं, २० कात्तिक। च्याम्पियन्स लिगको गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना स्लाभिया प्रागसँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा गोल गर्न नसक्दा बार्सिलोनाले अंक बाँड्नु परेको हो।

राम्रो अवसर पाए पनि बार्सिलोनाले गोल गर्न नसक्दा स्लाभियासँग अंक बाँड्नु परेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा पनि गोल गर्न सकेन।

लियोनल मेस्सीले घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको समूह चरणको खेलमा कुनै पनि एसिस्ट या गोल गर्न नसकेको सन २०१२ यताको यो पहिलो खेल भएको बताइएको छ।

Spread the love
  • 37
  •  
  •  
  •  
  •  
    37
    Shares
You might also like
Comments
Loading...