महराले हामी सबैलाई ढाँटे : प्रचण्ड

  • 2K
    Shares
0

काठमाडौं, २० कात्तिक। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभाममूख कृष्णबहादुर महराले आफूलाई ढाँटेको बताएका छन्। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि महराले गरेको दुव्र्यवहार आफूले सोध्दा महराले ढाँटेको प्रचण्डले बताए।

बुधबार दाङमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, पूर्वसभामुख कृष्णबहादुर महराबाट नैतिक कमजोरी भएको हो।  ‘मैले नारायणकाजी श्रेष्ठ, जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाट्नु भयो । म आफैं जाँदा पनि ढाट्नुभयो । नेतृत्वलाई नै ढाँटेर गम्भीर गल्ती गर्नुभयो ।’

महराको गल्तीबारे अदालतले आवश्यक न्यायिक निर्णय गर्ने प्रचण्डले विश्वास व्यक्त गरे। महराले कानूनी प्रक्रियामा सहयोग गर्नुपर्ने बताए ।

Comments
Loading...
You might also like