Spread the love
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

‘माछा माछा’को रिलिज मिति सर्‍यो

0

 काठमाडौं, २० कात्तिक। नेपाली चलचित्र ‘माछा माछा’को रिलिज मिति सरेको छ। कात्तिक २९ गतेबाट रिलिजको तयारीमा रहेको यो चलचित्र प्राविधिक कारण देखाउँदै सरेको निर्माण युनिटले जनाएको छ।

अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्म अब मंसिर २० मा रिलिज हुने छ।
निर्देशक सुनिल गुरुङ निर्देशनमा रहेको ‘माछा माछा’मा सौगातको अलवा विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारको अभिनय रहनेछ।

फिल्मका लेखक तथा हुन्। फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन्। शिवराम श्रेष्ठले फिल्म खिचेका हुन्।

यो चलचित्रको रिलीज मिति सरेपछि भूवन केसी अभिनीत फिल्म ‘मिस्टर नेपाली’ र ‘राजु लामा र शीतल केसी अभिनति ‘सम्हाली राख है’लाई राहत मिलेको छ।

Spread the love
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares
You might also like
Comments
Loading...