शाहरुख खानको सपनाको घर, गौरीको डिजाइन् (फोटोसहित)

लाेकपाटी न्यूज
0 Shares

मानिसपिच्छेका चाहना र महत्त्वाकांक्षा फरक हुन्छन्। कसैका पूरा हुने खालका चाहना हुन्छन् भने कसैका कहिल्यै पूरा नहुने चाहना हुन्छन्। जोसँग जे छैन ऊ त्यसकै प्राप्तिमा भड्किरहेको हुन्छ । जिन्दगीमा को कतिबेला केमा चुक्छ, कसैले भन्न सक्दैन ।

बाहिरबाट अरूले हेर्दा यसलाई के नपुग्दो थियो र यस्तो गरेको होला भन्ने लाग्छ, तर ऊ चाहेको पाउन नसकेर भित्रभित्रै तड्पिइरहेको कसैले देखेको हुँदैन। पैसा हुँदैमा सबैले चाहेको कुरा किनेरै प्राप्त हुन्छ भन्ने पनि छैन। सम्भवत: कुनै न कुनै अभावमा जिउनु मानिसको नियति हो।

यस्तै चाहना राख्ने मध्येका एक हुन बलिउड नायक शाहरुख खान। तपाईंलाई लाग्न सक्छ शाहरु खानको पनि पूरा हुन नसकेका त्यस्तो के सपना होला। हो, कुनै बेला बलिउड नायक शाहरुख खान पनि करियरको उचाइमा पुगेपछि महलजस्तै देखिने बंगला खरिद गर्न चाहन्थे। उनको यो सपना अब पूरा पनि भएको छ। सपना पुरा गर्न उनकी श्रीमती गौरी खानले घरलाई नयाँ डिजाइन दिएकी छन्। गौरीले घरको हरेक कुनालाई निकै उत्कृष्ट तरिकाले डेकोरेट गरेकी छिन्।

मन्नत थर्ड हेरिटेज स्ट्रक्चर भएको यस्तो घर हो जसलाई सन् १९२० को दशकमा बनाइएको थियो। यसलाई सुरुमा भिल्ला वियना नाम दिइएको थियो। पछि यसलाई शाहरुखले आफ्नो परिवारका लागि खरिद गरेका थिए र नाम राखे मन्नत। शाहरुख खानले २६,३२८.५२ स्क्वायर फिटमा फैलिएको यो बंगलालाई सन् २००१ मा खरिद गरेका थिए। त्यतिबेला यसको मूल्य १३.३२ करोड थियो। अब उनको घर मन्नतको मूल्य लगभग २०० करोड भारु बताइएको छ।

शाहरुख खानको यो बंगलामा मल्टीपल एरिया छ। जसमा ५ बेडरुम, एक पुस्तकालय, जिम र अन्य सबैकुरा छन् जो एक सेलिब्रिटी परिवारलाई शानदार जीवनशैली बिताउनका लागि चाहिन्छ। एक अन्तरवार्तामा गौरीले आफ्नो घर बनाउन जुन प्रयास गरिन् त्यो निकै गहन भएको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘घर सजाउन निकै मेहनत गरेको छु। यसका लागि विभिन्न स्थानमा यात्रा गरेको छु। यत्ति गरेपछि मात्र यो घर यस्तो हुन सकेको हो।’

मन्नतको इन्टेरियर निकै भव्य रुपमा तयार गरिएको छ। मन्नतको अगाडि एउटा सुन्दर बगैंचा छ जसले घरलाई थप उत्कृष्ट बनाएको छ। स्मरण रहोस्, मन्नतलाई कुनै जमानामा सुटिङ लोकेशनको रुपमा प्रयोग गरिन्थ्यो।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्