शनिबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal-5-2
लाेकपाटी न्यूज
0 Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। लेनदेनमा सजकता अपनाउनु पर्नेछ। दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङ्कन हुनेछ। पठनपाठनमा प्रगती हुनेछ। मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। घरमा अतिथीको सेवा होला। प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। व्यापार व्यसायबाट लाभ मिल्नेछ। विश्वास गरेकाले साथ दिनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम वा रोजगार पाईनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। परिवारमा सुख सन्तोष छाउनेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। शुभ समाचार सुन्न पाइएला। दाम्पत्य जीवन सुुखमय रहनेछ। मान प्रतिष्ठामा बृद्धि होला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको थालनी होला। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। भूमिबाट लाभ रहला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला। सरकारी निकाएको भय रहला। गरेका काममा ढिलासुस्ती हुनेछ। यात्रामा मालसामान हराउन सक्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। मिष्ठान्न भोजन प्राप्ति होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यमा सफलता पाईनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्