फेसबुकमा केटीको विषयमा लफडा हुँदा साथीमाथि खुकुरी प्रहार

Khukuri
प्रतिकात्मक तस्बिर
लाेकपाटी न्यूज
0 Shares

पोखरा, १६ असार । पोखराको बगरस्थित नयाँ गल्लिमा केटीको विषयमा लफडा हुँदा आफ्नै साथीमाथि खुकुरी प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फेसबुकमा केटीको विषयमा विवाद बढेपछि खुकुरी प्रहार भएको हो ।

फेसबुकमा कास्कीकोट घर भई बागलुङ बसपार्क बस्दै आएका १६ वर्षे विपिन सुवेदी र बगरका विजय तामाङको बीचमा चर्काचर्की भएपछि अवस्था खुकुरी प्रहारसम्म पुगेको प्रहरी स्राेतले बताएकाे छ । प्रहरीका अनुसार दिउँसो करिब १ बजेतिर विपिनको समूहले विजयको समूहमाथि खुकुरी प्रहार गरेको हाे ।

खुकुरी प्रहारपछि विपिनको समूहको एकजनाको औंला काटिएको र विजयको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने समूह किशोरावस्थाका रहेक छन् ।

घटनापछि दुवै समूहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमूख दानबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्