बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, १५ घाइते (घाइतेहरुको नामसहित)

Accidents
लाेकपाटी न्यूज
0 Shares

कपिलबस्तु, १७ असार । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ चौवन्नपुरमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा १५ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६२६८ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको म १ ख ८२८ नम्बरको बस आपसमा ठोक्किएका थिए। दुर्घटनामा ३० वर्षीय पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यकलय कपिलवस्तुका अनुसार दुर्घटनामा १४ जना घाइते छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा कञ्चनपुर घर भएका ४२ वर्षीय गुण्डाराज भारती, कञ्चनपुर भिमदत्त नगरपालिका ७ बस्ने ६६ वर्षीय भिमबहादुर कुँवर, कञ्चनपुरकै २७ वर्षीय सह चालक चन्द्रबहादुर सुनार,कञ्चनपुरका ३६ वर्षीय गणेशदत्त जोशी, कञ्चनपुरका ४० वर्षीय नरेन्द्र खत्री, कञ्चनपुर गोदावरी नगरपालिका २ का ३५ वर्षीय गंगा सिंह, कैलाली धनगढी उपमहानगरपालिका ६ बस्ने ३० वर्षीय हेमराम तिमिल्सिना, स्याङ्जा गल्याङ नगरपालिका ४ बस्ने ४० वर्षीय खेमराज न्यौपाने,पाल्पा तानसेन नपा १ का ३५ वर्षीय माधव गौतम,डडेलधुरा अमरगडी नपा २ बस्ने २५ वर्षीय श्याम कठायत,दैलेख बिन्द्रासैनी नपा ८ बस्ने २४ बर्षीय पदम रिजाल,बर्दियाका ४० वर्षीय सुन्दरकली चौधरी,दाङ लमही नगरपालिका ६ का २० वर्षीय प्रकाश ढुङगाना,ट्रकको सह–चालक कञ्चनपुर गोदावरी नपा २ का २८ वर्षीय सुरेन्द्र बिक रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्