बाघको जुँगा उखेले  ५ लाख जरिवाना

tiger
पुरानो तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, १८ असार । बाघको जुँगा उखेल्नेलाई बहादुर, हिम्मतवालालगायतका उपनाम दिने गरिएको छ। बर्दियामा भने मरेको बाघको जुँगा उखेल्नेले जरिवाना तिर्नु परेको छ।

जिल्ला अदालतका मूख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा पक्राउ परेका गेरुवा ४ शान्तिपुर धकनियाका सुन्दरलाल चौधरीलाई मंगलबार ५ लाख जरिवाना तिराएको हो।

बाघको जुँगा घरमा राख्नु गैरकानूनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो। बाघ मारेको प्रमाण फेला नपरेपछि जुँगा उखेलेको अभियोगमा जरिवाना तिराई अदालतले छाडेको छ। कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्