मेस्सीको आरोप : रेफ्रीले ब्राजिलको पक्षमा निर्णय गरे

लाेकपाटी न्यूज
0 Shares

काठमाडाैं, १८ असार । अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीले रेफ्रीले अधिकांश निर्णयहरु ब्राजिलको पक्षमा गरेको आरोप लगाएका छन् । बुधबार बिहान भएको सेमिफाइनल खेलमा अर्जेन्टिना ब्राजिलसँग २–० ले पराजित हुँदै कोपा अमेरिकाबाट बाहिरिपछि उनले यस्ताे बताएका छन् ।

बार्सिलोनाका स्टारले खेलमा चम्किन नसक्दा ब्राजिलले ग्याब्रियल जिजस र रोबर्टो फर्मिन्होको गोलको मद्दतले जीत हासिल गर्‍याे । खेलपछि मेस्सी रेफ्रीहरुबिरुद्ध खनिएका थिए । खेलपछि अन्तरवार्ता दिने क्रममा खेलमा सर्जियो अगुएरोलाई पेनाल्टी प्रदान नगरेको आक्रोश व्यक्त गरे ।

उनले भिडियो असिस्टेन्ट रेफ्री र खेल अधिकारी रोडी जाम्रब्रोनोको आलोचना समेत गरे । ‘उनीहरु हामीभन्दा राम्रो खलिरहेका थिएनन् । उनीहरुले शुरुवातमै गोल गरे भने हामीलाई पेनाल्टी नदिँदा गोल गर्ने अवसर पाए,’ मेस्सीले भने, ‘उनीहरुले भिएआरसँग पनि दोहोरो जाँच गरेनन् ।’

‘यो खेल अवधिभर भइरह्यो । ब्राजिलको पक्षमा निर्णय गरिरहँदा यसले हामीलाई खेलमा एकाग्र हुन दिएन,’ उनले भने । ‘हाम्रो लागि कुनै बाहना होइन । तर, यसबारे हामीले पुनःजाँच गर्नुपर्छ । मलाई आशा छ कोनमेबोलले यसबारे केही गर्नेछ ।’

अर्जेन्टिनाले खेल अवधिभर ब्राजिलभन्दा १० पटक बढी विपक्षीको पोष्टमा आक्रमण गरेको थियो भने दुई पटक अर्जेन्टिनाको प्रहार पोष्टमा लागेको थियो । ब्राजिलले अब चिली र पेरुको विजेतासँग आइतबार माराकाना स्टेडियममा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । –एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्