प्रहरीका १३ इन्सपेक्टरको सरुवा, को कहाँ पुगे ?

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, १९ असार । प्रहरीका १३ इन्सपेक्टरको सरुवा भएकाे छ । प्रहरी प्रधान कार्यालयका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा इन्सपेक्टर सन्तोषकुमार दाहाल आएका छन् । यसअघि बसपार्कमा रहेका मोहनबिक्रम केसी सामाखुसीस्थित पहरा गणमा पुगेका छन् ।

यस्तै इलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा, बाँके ट्राफिकमा पविन्द्र बहादुर बम, कल्याण महाशाखामा बासुदेव नेपाल काज सरुवा भएका छन् भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग विभागमा हिरेन्द्र रोकाया काज सरुवा भएका छन् ।

यस्तै कपिलवस्तु ट्राफिक प्रमूखमा टक्कर स्वाँर, इप्रका बिर्ता पर्सामा निर्मल पनेरू, वडा प्रहरी कार्यालय नेपालगन्जमा हरीबहादुर बस्नेत काज सरुवा भएका छन् ।

यस्तै अपराध महाशाखामा किरण न्यौपाने, दङ्गा नियन्त्रण गण सुनवलमा बाबुराजा पन्त, जिल्ला प्रहरी कार्यालय बाँकेमा रणबहादुर बिष्ट, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा रेशम आचार्य काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्