विश्वकप क्रिकेट : अफगानिस्तान अंकविहीन, आज एक खेल हुँदै

world cricketi
लाेकपाटी न्यूज

लन्डन, २० असार । इंग्ल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले अफगानिस्तानलाई २३ रनले हराएको छ।

अन्तिम खेलमा विजयी भएसँगै वेष्ट इन्डिजले जारी विश्वकपबाट सुखद विदाई गर्दा अफगानिस्तान भने सबै ९ खेलमा पराजित भएको छ।  लिग चरणको अन्तिम खेलमा हिजो वेष्ट इण्डिजसँग २३ रनले पराजित भएपछि अफगानिस्तान अंकविहीन बन्दै घर फर्किएको हो। लिड्समा वेष्ट इण्डिजले दिएको ३१२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै २८८ रनमात्र बनाउन सक्यो।

अफगानिस्तानलाई लक्ष्यभन्दा सस्तैमा रोक्न वेष्ट इन्डिजका कार्लोस ब्रेथवेटले ४ तथा केमार रोचले ३ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धा्रित ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको थियो। उसका लागि साई होपले ७७ रन बनाए। बलिङतर्फ अफगानिस्तानका दौलत जद्रानले २ विकेट लिए।

यो हारसँगै अफगानिस्तान एक दिवसीय विश्वकप क्रिकेटमा जितविहीन बन्दै घर फर्कने तेस्रो राष्ट्र बनेको छ। सअघि सन् १९७९ मा भारत र १९८७ मा श्रीलंका जितविहीन बन्दै घर फर्किएका थिए। यसैबीच प्रतियोगिताअन्तर्गत आज शुक्रबार पाकिस्तान र बंगलादेश भिड्ने भएका छन्।

सेमिफाइनल प्रवेशको सम्भावना बाँकी राखेको पाकिस्तानले शुक्रबार बंगलादेशलाई ठूलो अन्तरले पराजित गर्नुपर्ने छ।
अंक तालिकाको पाँचौं स्थानमा रहेको पाकिस्तानले बंगलादेशलाई ठूलो अन्तरले पराजित गर्न सके ऊ सेमिफाइनलमा प्रवेश गर्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्