नेपाल इन्जिनियर्स एशोसिएसनद्वारा कार्यक्रम गर्ने घोषणा

pic
लाेकपाटी न्यूज

काठमाडौं, २० असार । नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल ईन्जिनियर्स एशोसिएसनले ५६ वर्ष पुरा गरी ५७ वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरी मनाउने घोषणा गरेको छ। नेपाल इन्जिनियर्स एशोसिएसनले हरेक वर्ष श्रावण ३ गतेलाई ‘इन्जिनियर दिवस’ को रुपमा विभिन्न कार्यक्रमहरुसहित मनाउँदै आएको छ।

यो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त दिवस उद्घाटन गर्ने कार्यक्रम रहेको एशोसिएनले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो। कार्यक्रममा एशोसिएसनका अध्यक्ष ई.प्रा.डा.त्रिरत्न बज्राचार्यले अहिलेको विश्वासको लागि ज्ञान नै ठूलो पुँजी भएको भन्दै चीन, सिंगापुरजस्ता विकसित राष्ट्रमा इन्जिनियरहरुले देश हाँकेको सुनाए । उनले यो वर्षको इन्जिनियर दिवसका अवसरमा आयोजित विभिन्न सत्रहरुबाट आएका सुझावहरुलाई एकीकृत गरेर सरकारलाई बुझाउनेपनि स्पष्ट पारे।

आफूहरुले पनि ‘ज्ञान नै शक्ति र श्रम नै भक्ति’ हो भन्ने मूल नारा आत्मासत गरेर अघि बढ्दै आएको बज्राचार्यले बताए । उनले भने,‘अहिले हामी ५२ हजार ईन्जिनियरहरु रजिस्टर छौं । अहिले विभिन्न ४२ विधा छन् । हाम्रो मुल लक्ष्य भनेको नै सबै इन्जिनियरहरुलाई एक बनाउने हो ।’

उनले एशोसिएसनले अहिले गुणस्तरीय इन्जिनियरिङ सेवा र शिक्षालाई एकसाथ अघि बढाएको पनि विश्वास दिलाए । त्यस्तै, यो पेशा नै जोखिमयुक्त पेशा भएकोले आफूहरुले इन्जिनियरहरुको सामूहिक दुर्घटनाको माग गरेको पनि उनले स्पष्ट पारे ।

इन्जिनियर दिवस समारोहमा मुलुकको समग्र पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका इन्जिनियरहरुको योगदानलाई समाजमा उजागर गर्ने उद्देश्यका साथ यस वर्ष एशोसिएसनले आगामी २०७६ साउन ३ र ४ गते दुई दिनसम्म भव्यताका साथ मनाउनका लागि काठमाडौभित्र राष्ट्रियसभा गृह प्रदर्शनीमार्ग र बाहिर प्रदेश राजधानीस्थित् एशोसिएसनका प्रादेशिक कार्यालयहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमासमेत विविध कार्यक्रमहरुको तय गरि मनाउन लागिएको पनि एशोसिएसनले स्पष्ट पारेको छ ।

त्यस्तै, उक्त अवसरमा इन्जिनियर समुदायको तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पु‍र्‍याउने ईन्जिनियरऔआर्किटेक्ट तथा संस्थालाई ६ओटा विधामा सम्मान गरिने कार्यक्रम रहेको पनि एशोसिएसनका महासचिव ई‍ छविराज पोख्रेलले जानकारी दिए ।

उनकाअनुसार लाईफ टाईम अचिभमेन्ट अवार्ड ९५ जना सदस्यहरुले संयुक्त सिफारिस गरी पठाउनुपर्ने०, डिस्टिंग्युस्ड ईन्टरप्रेनरसिप अवार्ड, मार्टी ई। नवराज विष्ट मेमोरियल अवार्ड, आउटस्ट्याण्डिङ युथ प्रोफेस्नल अवार्ड, आउटस्ट्याण्डिङ वुमन ईन्जिनियर अवार्ड र इन्जिनियर्स अप्रिसिएसशन अवार्ड प्रदान गरिने कार्यक्रम रहेको छ ।

विकासका कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरुको सेवालाई अधिकारसम्पन्न बनाउनु सरकारको कतव्र्य भएको एशोसिएनको ठम्याई छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्