आजको मौसम पूर्वानुमान

mausam-1
लाेकपाटी न्यूज

काठमाण्डौं, २१ असार । महाशाखाका अनुसार शनिबार पश्चिमको एक, दुई ठाउँमा ठूलो पानी पनि पर्न सक्ने बताएका छन्। यस्तै मध्य र पूर्वमा पनि शनिबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद्ले अब बिस्तारै पानी पर्ने क्रम बढ्ने बताएका छन्। मनसुनी रेखा भारतबाट उत्तरतिर सर्न थालेको र नेपालभन्दा मुनि रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएकाले अब नेपालमा पानी पर्न थाल्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

मनसुनी रेखा भारतबाट उत्तरतिर सर्दा नेपालमा पानी पर्न थाल्ने उनको भनाइ छ। केही समयदेखि नेपालभन्दा मुनि रहेको न्यूनचापीय क्षेत्र सक्रिय हुँदा राम्ररी पानी पर्न नसकेको हो।  यसले गर्दा धेरै ठाउँमा रोपाइँ हुन सकेको छैन। धेरै ठाउँमा खडेरी पर्दा धानको बीउ सुकिसकेको छ। तर, अब भने किसानलाई केही राहत पुग्ने भएको छ।

अब यो क्षेत्र कमजोर हुँदै गएकाले अब विस्तारै पानी पर्ने क्रम बढ्ने उनले बताइन्। तर तत्काल लगातार झरीको सम्भावना भने नरहेको मौसमविद् कँडेलको अनुमान छ। यसकै प्रभावले अहिले पश्चिमको धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्