चुरोट–सूर्तिको लतबाट छुटकारा कसरी पाउन सकिन्छ ?

Smoking
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। धूमपान स्वास्थ्यका लागि हानिकारक मानिन्छ। हानिकारक भएता पनि मानिसहरु यसको सेवन दिनहु गर्छन्। धूमपान नियमित सेवन गर्ने मानिसलाई यसको लत हटाउन गाह्रो हुन्छ। तर, असम्भव भने छैन। केही आयुर्वेदिक र घरेलु उपायबाट धूमपानको लत छुटाउन सकिन्छ।

१. अदुवा – अदुवालाई स–साना टुक्रामा विभाजन गरेर त्यसमध्ये केहीलाई थोरै कालो नुन र थोरै कागतीको रससँग मिसाएर घाममा सुकाउनुहोस्। सुकेको अदुवालाई आफैसँग राख्ने गर्नुहोस् र तलतल लागेको बेला खाने गर्नुहोस्। यसो गर्नाले तपाईको लत छुट्ने गर्दछ र स्वास्थ्य पनि राम्रो हुने गर्दछ। यस्तोे उपाय अपनाउन सुरु गरेको ५ दिनमै सकरात्मक असर देखिने छ।

२. अमला – अमलाका टुक्रालाई नुनमा मिसाएर सुकाउनुहोस्। धुम्रपानको तलतल लागेका बेला यी टुक्राहरुलाई मुखमा राखे चुस्ने गर्नुहोस्। यसमा रहेको भिटामिन सीले निकोटिन सेवन गर्ने इच्छालाई कम गर्छ।

३. रातो खुर्सानी – रातो खुर्सानीमा केप्साइसिन नामक तत्वसँगै भिटामिन सी पनि हुन्छ। जसले श्वासप्रश्वास प्रणालीलाई बलियो बनाउँछ, साथै धूमपानको लतलाई कम गर्न मद्दत गर्छ। रातो खुर्सानीको मसलालाई तपाईले खानासँगै पनि सेवन गर्न सक्नु हुन्छ। त्यस्तै १ गिलास पानीमा १ चिम्टी खुर्सानीको धुलो मिलाएर सेवन पनि गर्न सकिन्छ।

४. मह – धुम्रपान मात्रै होइन, जुनसुकै प्रकारको नशाबाट छुट्करा पाउन मह एक अचुक औषधी हो। महमा भिटामिन, इन्जाइम र प्रोटिन भरपूर मात्रामा हुन्छ। जसले धूमपानको लतबाट छुटकारा पाउन मद्दत गर्छ।