ढिलाे विवाहले बाँझाेपन बढाउँछ

dr-nutan_Sharma
लाेकपाटी न्यूज

काठमाडौं । पछिल्लो समय बाँझोपन १० देखि १५ वर्षयताको तथ्याङ हेर्दा साढे दुई गुणाले बढेको देखिएको छ। यसै विषयमा प्रसुती तथा स्त्रीरोग बिशेषज्ञ डा. नुतन शर्माको धारणा हामीले प्रस्तुत गरेका छौं।

अस्पतालमा हरेक दिन बाँझोपनको समस्या लिएर आउने बिरामी दर पनि बढिरहेको छ। करिब २० देखि २५ वर्षअघि महिलाहरुको जीवनयापन बैग्लै थियो। अझ भनौँ त्यो समयमा महिलाहरुको समयमा विवाह गर्ने, बच्चा जन्माउने गर्थे। त्यो समयमा खासै बाँझोपनको समस्या देखिँदैन थियो।

तर पछिल्लो समय बाँझोपनको समस्या किन बढ्दै छ भने महिलाहरू पढाइ र आफ्नो ‘करियरमा’ वा व्यवसायमा ध्यान दिन्छन्। जसले गर्दा बिहे ढिलो गर्ने गर्छन्।  मेरो जागिर छ म बच्चा पछि जन्माउँछु भन्दाभन्दै एउटा उमेर जान्छ।एउटा महिलाको लागि बच्चा जन्माउन ३५ वर्षभन्दा तलको उमेर हुनुपर्छ।

अझ ३० वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा उपयुक्त समय मानिन्छ। तर यदि कुनै महिला ३५ वर्ष नाघेर बच्चा जन्माउँदा विभिन्न समस्या आउने, डिम्बाशयहरु कम उत्पादन हुन्छ। अझ यदि विवाह गर्दा पनि आफ्नो अध्ययन सक्ने सबै काम गरिसक्ने आदि गरेर मात्र बच्चा जन्माउने योजना गरेको देखिन्छ।

जसले पनि बाझोपनको समस्या पनि बढेको देखिन्छ। अर्को विवाह भएपछि महिलामा ‘इन्फेक्सनको’ समस्या बढी हुने सम्भावना हुन्छ। यदि कसैको ‘इन्फेक्सनको’ कारणले लामो समयसम्म बच्चा भएन भने त्यसले बाँझोपन बढाउँदै जान्छ। अर्को बाँझोपन देखिन सहयोग गर्ने भनेको कुनै महिलामा बच्चा बस्यो तर म बच्चा जन्माउन सक्दिनँ भनेर गर्भपतन गर्ने गर्छन्। धेरैमा गर्भपतन गर्दा संक्रमण हुने त्यो संक्रमण पाठेघरको ट्युवमा जान्छ। असुरक्षित गर्भपतन पाठेघरभित्रको भित्ताको छेउमा असर गर्छ।

जसका कारण पनि बच्चा बस्न सक्दैन। जसका कारण पनि बाझोपनको समस्या देखिन्छ। लामो समयसम्म शारीरिक सम्पर्कमा हुँदा पनि बच्चा बस्दैन। भने सुरुमा श्रीमान श्रीमतीको स्कृनिङ गरिन्छ। महिलाको सुरुमा पाठेघरको र हर्मोनको चेकजाँच गरिन्छ। सबैभन्दा पहिले हामीले के बुझ्नुपर्छ भने सबै बाँझोपनका बिरामीलाई आईभीएफ नै आवश्यक पर्दैन। सबै चेकजाँच गर्दा करिब ७० प्रतिशत महिलामा आईभीएफ आवश्यक पर्दैन। ३० प्रतिशतलाई मात्र आईभीएफ चाहिन्छ।

धेरै महिलाहरुमा हार्मोनको गडबडीका कारण पनि बच्चा नबस्ने हुन्छ। थाइराइडको समस्या, पाठेघरको संक्रमण र मोटोपनको समस्या भएमा बच्चा नबस्ने हुन्छ। यी यस्ता समस्याको उपचार गरेमा बच्चा बस्नका लागि समस्या हुँदैन। धेरैमा बाँझोपन भन्नेबित्तिकै (आईभीएफ )‘टेस्टट्युब बेबी’ बुझ्ने गरेको पाइएको छ। तर हामीले ‘टेस्टट्युब बेबी’ गर्नुभन्दा अघि धेरै चेकजाँच गरिन्छ। त्यो चेकजाँच गरेर पनि बाँझोपनको समस्या कम गर्न सकिन्छ। वा त्यो समयमा बाँझोपनको समस्या समाधान गर्न सकिएन भने मात्र अन्तिममा (आईभीएफ ) ‘टेस्टट्युब बेबी’ को प्रक्रियामा गइन्छ।

मानौँकि कुनै महिलाको पाठेघरको दुबै ट्युब बन्द छ वा उमेर बढी भएको कारण डिम्बाशयमा डिम्ब नै बन्दैन।
अथवा कुनै पुरुषमा शुक्रकिटको मात्रा कम उत्पादन हुन्छ। यस्तो जटिल अवस्थामा मात्र (आईभीएफ ) ‘टेस्टट्युब बेबी’ को प्रक्रियामा लिनुपर्छ । सामान्यतयाः एक महिला हरेक महिना २८ देखि ३० दिनमा महिनावारी हुन्छिन्।
त्यसको बीचको समयमा १२ दिनदेखि १५ दिनमा डिम्बाशय अन्डा फुट्छ। त्यो समयमा यौन सम्पर्क भएमा बच्चा बस्छ।

तर यो अवस्थामा बच्चा नबस्दा महिलामा एउटा डिम्बाशय धेरै उत्पादन गर्ने, अल्ट्रासाउन्डको माध्यमबाट बाहिर निकाल्ने गरिन्छ। ल्याबमा त्यही अन्डालाई माइक्रोस्कोपको तल श्रीमानको शुक्रकिट लिइ दुईवटालाई मिलाएर (एम्ब्रोज) बनाउँछौ । (एम्ब्रोज) भनेको बच्चा हो।  बाँझोपनको समस्या महिलामा बढी देखिने गरेको छ। यो कसैकसैमा बंशाणुगत कारणले पनि देखिने गरेको छ। बंशाणुगत कारणबाट बाँझोपन हुनेदर १० देखि १५ प्रतिशत छ।

बाँझोपन समाधानको उपायहरु

विवाह समयमा गर्ने,

समयमा बच्चा जन्माउने ।

असुरक्षित गर्भपतन नगर्ने ।

इन्फेक्सनको समयमा नै उपचार गर्ने ।

गर्भनिरोधक साधन प्रयोग गर्नुभन्दा पहिला स्त्रीरोग विशेषहरुसँग परार्मश लिने ।

समय समयमा पाठेघरको चेकजाँच गर्ने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्