यू–१९ एसिया कपमा नेपाल हङकङविरुद् ब्याटिङमा

U-19
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ असार । यू–१९ एसिया कपमा स्थान बनाउन नेपालले ९६ रनको लक्ष्य पाएको छ।

नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ। किनरारा ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो।

उसलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले घातक बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्