प्रधानाध्यापक यशाेदा सुवेदीकाे कुटाइबाट मारिए विद्यार्थी माधव

kalauni pic
लाेकपाटी न्यूज
0 Shares

कञ्चनपुर, २५ असार। भीमदत्त नगरपालिका स्थित एक नीजी विद्यालयका विद्यार्थीको शिक्षकको कुटाईबाट मृत्यु भएको छ।महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मंगलबार राती उपचारको क्रममा मृत्यु भएको हो।

मृतक कलौनीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा मृत्यु भएको हो। नेपालका डडेल्धुरा उपक्षेत्रिय अस्पताल, महाकाली अस्पताल, सेती अस्पताल, नेपालगञ्जको शिक्षण अस्पतालमा समेत उपचार संभव नभएपछि उनलाई थप उपचारका लागि भारत लगिएको जनाइएको छ।

विद्यालय बाहिर कलौनीले झगडा गरेको विषयलाई लिएर विद्यालयका प्राध्यापक यशोदा जोशीसहित शिक्षकको टोलीले कुटपीट गरेको परिवारले आरोप लगाउदै आएका छन्।उनको मृत्यु पश्चात प्रहरीले प्रधानाध्यापक, शिक्षकहरु दुर्गादत्त भट्ट, लक्ष्मण भट्ट र हर्क जाग्रिलाई प्रहरीले घटना सोधपुछका लागि नियन्त्रणमा लिएको छ।कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट लागेको थियो भने दाँया खुट्टा भाँचिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्