श्रीमानबाट असुरक्षित भएको भन्दै अभिनेत्री शिल्पाले दिइन् प्रहरीमा उजुरी

shilpa-chhabi pic
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २५ असार । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै आफूमाथि असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो।

पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए। उनको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुबै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ।

नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौंथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन्।शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए। लामो समय उनीहरुले आफ्नो बिवाहलाई लुकाए।
तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिवाह गरिसकेको बताएका थिए।

म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत यस क्षेत्रमा डेब्यु गराएका थिए। उक्त चलचित्रको समयदेखि नै उनीहरुको प्रेम चर्चा सुरु भएको थियो। शिल्पासँग बिवाह गर्नुअघि छविराजका तीन जनासँग विवाह भइसकेको थियो। रेखा थापा छविराजको तेस्रो श्रीमती थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्